स्वदेशी सोच, स्वदेशी लगानी  र आन्तरिक संस्थागत जनशक्तिबाट तयार गरिएको कृषि विकास रणनिति कार्यान्यनको सहयोगी परियोजना हो। यो परियोजना नेपाल सरकार मन्त्रीपरिषदबाट मिति २०७३/०९/२६ मा स्विकृत भई आ.व २०७३/०७४  देखि १० बर्षका लागि देशभर ७७ वटै जिल्लामा संचालित छ। कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पस्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादकका लागि आवश्यक प्राविधिक तथा उत्पादन सामग्रीको व्यवस्था, बाली/वस्तु उत्पादनमा यान्त्रीकरण, प्रशोध तथा बजारिकरणको लागि आवश्यक पूर्वाधारको व्यवस्था लगायतका क्रियाकलाप मार्फत कृषि क्षेत्रको व्यवसायिकरण र आधुनिकिकरणको परिकल्पना यस परियोजनाले गरेको छ। यो  परियोजना  स्थानिय सम्भाव्यता र विष्टिकरणको आधारमा लागु भएको परियोजना बझाङ्ग जिल्लामा आ.व २०७६/७७ मा आलु जोनको रुपमा स्थापना भएको हो भने त्यसैगरी सिमि जोन आ.व २०७८/७९ बाट संचालित भई यस परियोजनाको २ वटा जोन रहेका छन।